Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । त्यसैगरी, पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

म्याग्दी। मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् । त्यसैगरी, च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन् । घनमायाले आफ्नो नामबाट

जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री दाहाल

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताएका

गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय स्थापना

तम्घास। गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय स्थापना गरिएको छ । सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकाको तम्घासमा गत मङ्सिर अन्तिम सातादेखि उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो । उक्त जिल्लामा कम्पनीको शाखा कार्यालय स्थापनाका लागि उक्त नगरपालिकाले गत असारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो

राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

ढोरपाटन,बागलुङ। राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आएका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सो सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गरेका थिए । उक्त सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले

७० वर्षे उमेरहद सान्दर्भिक छैन : झलनाथ खनाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उमेरहदबारे कसरी जाने नेतासँग सुझाव मागेका छन् । उनले भने, हामीले ९औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ, तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो

बिजुली काटिएका उद्योगले गरे पाँच सय कर्मचारी कटौती

काठमाडौं। लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले ५०० जना दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई बिदा गरेको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापत बक्यौता रकम नतिरेको भन्दै धमाधम लाइन काटेपछि उनीहरूलाई बिदा गरिएको हो । त्यस्तै, लक्ष्मीले ७४ करोड १० लाख र सर्वोत्तमले ६८ करोड ९० लाख

नेपाल लाइफको ५ लाख २३ हजार सेयर लिलामी बिक्रीका लागि आवेदन खुला

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार एक सय १२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको सो संस्थापक सेयरमा बुधबारदेखि लिलामी बिक्रीका लागि आवेदन खुलेको हो । सो सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताका लागि माग गर्नुपर्नेछ भने अधिक मूल्य

ज्येष्ठ नागरिकलाई लक्षित गरी बानेश्वरको आकासे पुलमा लिफ्ट राख्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवै पट्टी एकरएक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरूप प्रयोग गर्न सक्नेछन् । त्यसैगरी,

एनसेल खरिद विक्री विरुद्ध शान्ति समाजले प्रदर्शन गर्ने

काठमाडौं। एनसेल खरिद बिक्री विरुद्ध मानव अधिकार तथा शान्ति समाजले राजधानीमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन धर्ना कार्यक्रम आगामी शुक्रबार दिउँसो १ बजे राजधानीको माइतीघर मण्डलामा सुरु हुने बताइएको छ । त्यस्तै, राज्य विरुद्ध अपराधको रुपमा रहेको एनसेल महाघोटाला प्रकरणबारे विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने

सम्वन्धित समाचारहरु