Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन


ढोरपाटन,बागलुङ। राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आएका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

सो सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गरेका थिए । उक्त सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकोमा धन्यवाद दिएका छन् ।

 

“मैले बागलुङमा धेरै समय बिताए”, राष्ट्रपति पौडेलले भने । उनले २०४६ सालको जनआन्दोलनमा बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गरे । राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिए भने कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उनको भनाइ रहेको थियो ।

नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए । “पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ । ”

 

राष्ट्रपति पौडेलले भने– “म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पुर्‍याएका हुन ।”


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?