Trending
>>   चन्द्रागिरीका विपन्न विद्यार्थीलाई पूर्व प्रशासक श्रेष्ठकाे पहलमा ट्रयाक सुट वितरण >>   मान्छे नमार्ने थारु हत्यारा भयो, मान्छे मारेको स्वीकार गर्नेहरु सरकारसँगै छन् : रेशम चौधरी >>   अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव >>   काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल >>   अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैनः प्रधानमन्त्री ओली >>   समाज रुपान्तरणको लागि विचार सबैभन्दा महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी >>   एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई >>   आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे >>   राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः उपमहासचिव बस्नेत >>   देशमा राजनीतिक दलहरु सर्वशक्तिमान भएः महामन्त्री बुर्लाकोटी
Logo
२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरित संसदको बैठक सञ्चलन गरेको बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसक्नुभएको बताए । उनले संसदीय मर्यादा परम्परामा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध रहेको बताए । भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको आरोप लगाएका हुन् । संसद सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने बताए ।

उनले भने, ‘बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाइरहनुभएको छैन । संसदीय मर्यादा परम्परामा संसद अवद्ध भइरहेको बेलामा वा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध मानिन्छ । पहिले दुई वटा महत्वपूर्ण राजनीतिक पार्टीहरुले देशको महत्वपूर्ण विषय भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको छ । त्यो संसदीय मर्यादा र परम्परा विपरितको काम भएकाले त्यस्तो बैठकमा सहभागी हुनु अनुचित ठानेर संसद बैठक बहिष्कार गरेको छ । जबसम्म संसद सही प्रकारले चल्दैन तबसम्म यस प्रकारको बैठक बहिष्कार गराइराख्छौँ । बैठकमा भाग नलिएको समयको भत्ता हामी लिँदैनौँ ।’

उनले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाएका छन् । सरकारमा बसेकाहरुको स्वार्थपूर्ति गर्न बजेट ल्याइएको बताए । संख्याको दम्भमा विचार निषेध गर्ने काम भएको बताए ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?