Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयन योग्य र विश्वसनीय रहेको दाबी गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । उनले बजेट निर्माण सार्वभौम मान्यताका आधारमा गरिएको उल्लेख गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेट आकार केवल ५ दशमलव ५६ प्रतिशतले मात्र वृद्धि गरिएको जानकारी दिए । उनले बजेटको आकार, बजेटको स्रोत, राजश्व परिचालन र अन्तर्राष्ट्रिय सहयोग परिचालन सबै यथार्थपरक रहेको बताए । अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरूमा ऋणको पासो, ऋणको आकार बढेको र ऋण लिने सम्बन्धमा होशियार हुनुपर्ने चर्चा र टिप्पणी हुने गरेको बताउँदै आफू त्यो विषयसँग जानकार रहेको जिकिर गरेका छन् । उनले ऋणको लागि ऋण लिने नभई प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्नेमा सरकार सचेत रहेको दाबी गरे ।

उनले भने, “यो बजेट यथार्थपरक हुनुपर्छ, कार्यान्वयन योग्य हुनुपर्छ, विश्वसनीय हुनुपर्छ, बजेट निर्माणका जुन सार्वभौम मान्यताहरू छन्, ती मान्यताहरूको परीक्षणमा खरो उत्रिने प्रकारको बजेट हुनुपर्छ भन्ने मान्यताद्वारा निर्देशित हुने क्रममा चालु आर्थिक वर्षको तुलनामा मैले केबल ५ दशमलव ५६ प्रतिशतले मात्रै आकार वृद्धि गरेको छु । त्यस कारण म निवेदन गर्न चाहन्छु, बजेटको आकार यथार्थपरक छ र बजेटको स्रोतको सम्बन्धमा चाहे त्यो राजश्व परिचालनको प्रश्न होस्, चाहे त्यो अन्तर्राष्ट्रिय सहयोग परिचालनको प्रश्न होस् यी सबै यथार्थपरक छन् । आन्तरिक ऋणको सम्बन्धमा म यो कुरासँग जानकार छु कि, पछिल्लो दिनहरूमा ऋणको पासाको चर्चा हुने गरेको छ, ऋणको आकार धेरै बढ्दै गयो भन्ने चर्चा हुने गरेको छ, ऋण लिने सम्बन्धमा होसियार हुनुपर्छ भन्ने टिप्पणी हुने गरेको छ । म भन्न चाहन्छु, ऋणको लागि ऋण लिने होइन, ऋण उपयोगी ढङ्गले उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने, त्यसको प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्ने कुरामा सरकार सचेत छ ।”

उनले सरकार ऋणप्रति सजग रहेको समेत दोहोर्याए ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?