Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयन योग्य र विश्वसनीय रहेको दाबी गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । उनले बजेट निर्माण सार्वभौम मान्यताका आधारमा गरिएको उल्लेख गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेट आकार केवल ५ दशमलव ५६ प्रतिशतले मात्र वृद्धि गरिएको जानकारी दिए । उनले बजेटको आकार, बजेटको स्रोत, राजश्व परिचालन र अन्तर्राष्ट्रिय सहयोग परिचालन सबै यथार्थपरक रहेको बताए । अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरूमा ऋणको पासो, ऋणको आकार बढेको र ऋण लिने सम्बन्धमा होशियार हुनुपर्ने चर्चा र टिप्पणी हुने गरेको बताउँदै आफू त्यो विषयसँग जानकार रहेको जिकिर गरेका छन् । उनले ऋणको लागि ऋण लिने नभई प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्नेमा सरकार सचेत रहेको दाबी गरे ।

उनले भने, “यो बजेट यथार्थपरक हुनुपर्छ, कार्यान्वयन योग्य हुनुपर्छ, विश्वसनीय हुनुपर्छ, बजेट निर्माणका जुन सार्वभौम मान्यताहरू छन्, ती मान्यताहरूको परीक्षणमा खरो उत्रिने प्रकारको बजेट हुनुपर्छ भन्ने मान्यताद्वारा निर्देशित हुने क्रममा चालु आर्थिक वर्षको तुलनामा मैले केबल ५ दशमलव ५६ प्रतिशतले मात्रै आकार वृद्धि गरेको छु । त्यस कारण म निवेदन गर्न चाहन्छु, बजेटको आकार यथार्थपरक छ र बजेटको स्रोतको सम्बन्धमा चाहे त्यो राजश्व परिचालनको प्रश्न होस्, चाहे त्यो अन्तर्राष्ट्रिय सहयोग परिचालनको प्रश्न होस् यी सबै यथार्थपरक छन् । आन्तरिक ऋणको सम्बन्धमा म यो कुरासँग जानकार छु कि, पछिल्लो दिनहरूमा ऋणको पासाको चर्चा हुने गरेको छ, ऋणको आकार धेरै बढ्दै गयो भन्ने चर्चा हुने गरेको छ, ऋण लिने सम्बन्धमा होसियार हुनुपर्छ भन्ने टिप्पणी हुने गरेको छ । म भन्न चाहन्छु, ऋणको लागि ऋण लिने होइन, ऋण उपयोगी ढङ्गले उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने, त्यसको प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्ने कुरामा सरकार सचेत छ ।”

उनले सरकार ऋणप्रति सजग रहेको समेत दोहोर्याए ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?