Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजश्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताएका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव रहेको स्मरण गरे । उनले चालु आर्थिक वर्षको सन्दर्भमा ३१ प्रतिशतले राजश्व वृद्धि हुने विश्वासका साथ प्रश्तुत गरेको समेत स्मरण गरे । उनले विगतको पृष्ठभूमि र अनुभवका आधारमा आगामी आर्थिक वर्षको बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजस्व वृद्धिको लक्ष्य राखिएको बताएका छन् । उनले १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य हुने विश्वास रहेको दोहोर्याए ।

उनले भने, “राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजश्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव छ । चालु आर्थिक वर्षको कुरा गर्दा हामीले ३१ प्रतिशतको वृद्धि हुन्छ भनेर बजेट प्रश्तुत गयौं । यस पृष्ठभूमिमा मैले बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजश्व वृद्धिको लक्ष्य राखेको छु । १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छ, पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वासको साथमा मैले प्रश्ताव गरेको छु ।”

उनले आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरिएको बजेटमा स्रोतको प्रश्ताव यथार्थपरक र कार्यान्वयन हुने प्रकृतिको हुनुपर्छ भन्नेमा आफू होसियार भएको बताए । उनले लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने आलोचनाहरू सुन्दै आएको बताए । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा स्रोतको प्रस्ताव गर्दा उक्त प्रश्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा आफू धेरै होसियार भएको जिकिर गरे । उनले राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्ष आफू संवेदनशील रहेको समेत बताए ।

उनले भने, “आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरिएको बजेटमा अर्थमन्त्री सबैभन्दा बढी के कुरामा होशियार भएको हो भने, यो प्रश्तावित विनियोजन मात्रै होइन, स्रोतको प्रश्ताव पनि यथार्थपरक हुनुपर्छ, कार्यान्वयन हुनुपर्ने प्रकृतिको हुनुपर्छ । किनभने, लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने प्रकृतिको आलोचनाहरू सुन्दै आएका छौँ । बजेटले स्रोतको प्रस्ताव गर्दा त्यो स्रोतको प्रस्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा म धेरै होसियार छु । स्रोतको सन्दर्भमा कुरा गर्दा ३ वटा पक्ष ः राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्ष ।”

उनले विगतमा राजश्वको लक्ष्य पूरा भएर राजश्वसँग संवद्ध कर्मचारीहरूलाई अर्थ मन्त्रालयमा बोलाएर गरेर चकलेट बाँडेको अनुभव रहेको समेत सुनाए ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?