Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरोध हुँदा सरकारले आफ्ना कामहरु अघि बढाउने कुरा स्भाविक भएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले संसदमा यस्ता खेलहरु भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गरे । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल भइरहने गरेको बताएका छन् । देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै कुनैपनि सरकारले नियन्त्रण गर्न नसकेको बताए ।

उनले भने, ‘संसदमा यस्ता खेल भइरहन्छन् । मलाई नयाँ नौलो लाग्दैन । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल त भइरहन्थे त । विरोध गर्ने, नारा लगाउने, सरकारले सदन चलाइरहने, आफ्ना काम अघि बढाउने । यसलाई मैले अस्वभाविक रुपले लिन्न । देशमा भ्रष्टाचार अत्यन्त मौलाइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल नै छ । एउटा मात्रै सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन । विगतदेखि अहिलेसम्म सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन ।’

भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल रहेको दाबी गरे ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?