Trending
>>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरोध हुँदा सरकारले आफ्ना कामहरु अघि बढाउने कुरा स्भाविक भएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले संसदमा यस्ता खेलहरु भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गरे । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल भइरहने गरेको बताएका छन् । देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै कुनैपनि सरकारले नियन्त्रण गर्न नसकेको बताए ।

उनले भने, ‘संसदमा यस्ता खेल भइरहन्छन् । मलाई नयाँ नौलो लाग्दैन । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल त भइरहन्थे त । विरोध गर्ने, नारा लगाउने, सरकारले सदन चलाइरहने, आफ्ना काम अघि बढाउने । यसलाई मैले अस्वभाविक रुपले लिन्न । देशमा भ्रष्टाचार अत्यन्त मौलाइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल नै छ । एउटा मात्रै सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन । विगतदेखि अहिलेसम्म सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन ।’

भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल रहेको दाबी गरे ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?