Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्त चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताएका छन् ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । भिजिट भिसाको विषय छानविन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताए । उनले यसले कतै न कतै राजनीतिक दलहरुलाई भविष्यमा प्रश्न तेर्साउने जिकिर गरे । सदन चलाउने वातावरण बनाउने काम सरकारको भएको बताए ।

उनले भने , ‘यो हाम्रो आन्दोलनको एउटा स्वरुप हो । संसदको चौथो ठूलो राजनीतिक दलले अवरोध गरिरहँदा संसद यसरी सुचारु हुनु र संसद जबरजस्त चलाउनु भनेको हाम्रो संसदीय व्यवस्थामै एउटा धब्बा हो । यो नहुनुपर्ने अभ्यास भइरहेको छ । यसले कहीँ न कहीँ गएर राजनीतिक पार्टीहरुलाई भविष्यमा प्रश्न गर्नेछ । सदन चलाउने वातावरण बनाउने कुरा सरकारको हो । सरकारको काम कारबाही अघि बढिरहेको छ । तर सदनमा रास्वपा र राप्रपा पनि आफ्नो मुद्दामा आन्दोलनमा छ ।’

प्रमुख सचेतक परियारले सदन जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाए ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?