Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

७० वर्षे उमेरहद सान्दर्भिक छैन : झलनाथ खनाल


काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उमेरहदबारे कसरी जाने नेतासँग सुझाव मागेका छन् ।

उनले भने, हामीले ९औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ, तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो दुखद कुरा हो । त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन रु यो महाधिवेशनले युवाहरूलाई माथि ल्याउन आवश्यक छ । अब यो उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन । लागू पनि नगरेकाले यसको सन्दर्भ नै हराइसक्यो ।

उनले पार्टी कमिटी पनि घटाउनुपर्ने बताए । उक्त पार्टी कमिटीको बैठक राख्दा लाखौँ खर्च आउने भएकाले अब महाधिवेशनबाट घटाउनुपर्ने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?