Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

७० वर्षे उमेरहद सान्दर्भिक छैन : झलनाथ खनाल


काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उमेरहदबारे कसरी जाने नेतासँग सुझाव मागेका छन् ।

उनले भने, हामीले ९औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ, तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो दुखद कुरा हो । त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन रु यो महाधिवेशनले युवाहरूलाई माथि ल्याउन आवश्यक छ । अब यो उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन । लागू पनि नगरेकाले यसको सन्दर्भ नै हराइसक्यो ।

उनले पार्टी कमिटी पनि घटाउनुपर्ने बताए । उक्त पार्टी कमिटीको बैठक राख्दा लाखौँ खर्च आउने भएकाले अब महाधिवेशनबाट घटाउनुपर्ने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?