Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

एनसेल खरिद विक्री विरुद्ध शान्ति समाजले प्रदर्शन गर्ने


काठमाडौं। एनसेल खरिद बिक्री विरुद्ध मानव अधिकार तथा शान्ति समाजले राजधानीमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन धर्ना कार्यक्रम आगामी शुक्रबार दिउँसो १ बजे राजधानीको माइतीघर मण्डलामा सुरु हुने बताइएको छ ।

त्यस्तै, राज्य विरुद्ध अपराधको रुपमा रहेको एनसेल महाघोटाला प्रकरणबारे विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गराउन, राज्यलाई ठूलो हानी नोक्सानीबाट जोगाउन, र एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न आग्रह सहित प्रदर्शन गर्ने भएको हो ।

एनसेल खरिद विक्री प्रकरणमा शीर्ष नेताहरू नै संलग्न रहेको र बारम्बार यो समाचार प्रकाशनमा आएकोले विश्वसनीय न्यायिक छानबिन आयोगको तत्काल गठन गर्न समेत माग गरिएको छ । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरूको सहभागिता रहने छ ।

उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण मिडियाका सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिएको छ । सो कार्यक्रममा सहभागी हुन सम्पूर्ण मिडियाका सञ्चारकर्मीहरूलाई आग्रह समेत गरिएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?