Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

एनसेल खरिद विक्री विरुद्ध शान्ति समाजले प्रदर्शन गर्ने


काठमाडौं। एनसेल खरिद बिक्री विरुद्ध मानव अधिकार तथा शान्ति समाजले राजधानीमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन धर्ना कार्यक्रम आगामी शुक्रबार दिउँसो १ बजे राजधानीको माइतीघर मण्डलामा सुरु हुने बताइएको छ ।

त्यस्तै, राज्य विरुद्ध अपराधको रुपमा रहेको एनसेल महाघोटाला प्रकरणबारे विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गराउन, राज्यलाई ठूलो हानी नोक्सानीबाट जोगाउन, र एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न आग्रह सहित प्रदर्शन गर्ने भएको हो ।

एनसेल खरिद विक्री प्रकरणमा शीर्ष नेताहरू नै संलग्न रहेको र बारम्बार यो समाचार प्रकाशनमा आएकोले विश्वसनीय न्यायिक छानबिन आयोगको तत्काल गठन गर्न समेत माग गरिएको छ । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरूको सहभागिता रहने छ ।

उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण मिडियाका सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिएको छ । सो कार्यक्रममा सहभागी हुन सम्पूर्ण मिडियाका सञ्चारकर्मीहरूलाई आग्रह समेत गरिएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?