Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

नेपाल लाइफको ५ लाख २३ हजार सेयर लिलामी बिक्रीका लागि आवेदन खुला


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार एक सय १२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको सो संस्थापक सेयरमा बुधबारदेखि लिलामी बिक्रीका लागि आवेदन खुलेको हो ।

सो सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताका लागि माग गर्नुपर्नेछ भने अधिक मूल्य दिएका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ । त्यसैगरी, आवेदन दिने अन्तिम दिन पुस १९ गते तोकिएको छ ।

त्यस्तै, इच्छुक जो कोही व्यक्ति तथा संघ-संस्थाले सो लिलामी सेयर खरिदका लागि बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्तीमा प्रतिकित्ता ३२५ रुपैयाँ तोकेर निवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?