Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय स्थापना


तम्घास। गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय स्थापना गरिएको छ । सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकाको तम्घासमा गत मङ्सिर अन्तिम सातादेखि उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो ।

उक्त जिल्लामा कम्पनीको शाखा कार्यालय स्थापनाका लागि उक्त नगरपालिकाले गत असारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो भने सोही पत्रका आधारमा मङ्सिरदेखि कार्यालय स्थापना गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

उक्त कार्यालयले नागरिकलाई खाद्य सुरक्षाको सुनिश्चितता गर्ने, रैथाने बाली प्रवर्धन एवं बजार सुनिश्चितता गर्ने, खाद्यान्न आपूर्ति गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिनेलगायत काम गर्ने कार्यालय प्रमुख पुष्पा पाण्डेले बताए । त्यस्तै, सदरमुकाममा कम्पनीको कार्यालय स्थापना भएपछि चार पालिकामा कम्पनीको खरिद तथा बिक्री केन्द्र अर्थात् डिपो पनि सञ्चालनमा ल्याइएको छ ।

सो जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार, मदाने गाउँपालिकाको बाँझकटेरी, मालिका गाउँपालिकाको अर्खबाङ्ग एवं रेसुङ्गा नगरपालिकाको हाटबजारमा डिपो सञ्चालन गरिएको हो । छत्रकोट गाउँपालिकाको दौघामा पनि डिपो सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।

उक्त जिल्लामा कम्पनी एवं डिपोबाट बजार मूल्यभन्दा कम मूल्यमा उपभोक्ताले दैनिक उपभोग्य सामग्री प्राप्त गर्ने भएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?