Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बिजुली काटिएका उद्योगले गरे पाँच सय कर्मचारी कटौती


काठमाडौं। लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले ५०० जना दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई बिदा गरेको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापत बक्यौता रकम नतिरेको भन्दै धमाधम लाइन काटेपछि उनीहरूलाई बिदा गरिएको हो ।

त्यस्तै, लक्ष्मीले ७४ करोड १० लाख र सर्वोत्तमले ६८ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ, तर यी उद्योगले भने आफूहरूले कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गरेका छन् ।

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलमा १ हजार ५०० जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेको बताइएको छ । त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सले २० प्रतिशत उत्पादन गरिरहेको छ भने यस उद्योगमा ३ हजार ५०० मजदुर रहेका छन् ।

उद्योगी शशिकान्त अग्रवालका अनुसार यही रेसियोमा उद्योग बन्द गर्ने हो भने मासिक १० करोड रुपैयाँ घाटामा जानेछ । त्यस्तै, रिलायन्सले केही दिनमै कर्मचारी कटौतीको सूचना जारी गर्ने बताएको छ भने रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ रहेको छ ।

बिजुलीको लाइन काटिएपछि आफूहरूको रोजगार सङ्कटमा परेको भन्दै मजदुरहरुले आज बारामा आन्दोलन गरेका छन् भने हालसम्म ९ वटा उद्योगको लाइन कटिएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?