Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बिजुली काटिएका उद्योगले गरे पाँच सय कर्मचारी कटौती


काठमाडौं। लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले ५०० जना दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई बिदा गरेको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापत बक्यौता रकम नतिरेको भन्दै धमाधम लाइन काटेपछि उनीहरूलाई बिदा गरिएको हो ।

त्यस्तै, लक्ष्मीले ७४ करोड १० लाख र सर्वोत्तमले ६८ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ, तर यी उद्योगले भने आफूहरूले कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गरेका छन् ।

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलमा १ हजार ५०० जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेको बताइएको छ । त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सले २० प्रतिशत उत्पादन गरिरहेको छ भने यस उद्योगमा ३ हजार ५०० मजदुर रहेका छन् ।

उद्योगी शशिकान्त अग्रवालका अनुसार यही रेसियोमा उद्योग बन्द गर्ने हो भने मासिक १० करोड रुपैयाँ घाटामा जानेछ । त्यस्तै, रिलायन्सले केही दिनमै कर्मचारी कटौतीको सूचना जारी गर्ने बताएको छ भने रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ रहेको छ ।

बिजुलीको लाइन काटिएपछि आफूहरूको रोजगार सङ्कटमा परेको भन्दै मजदुरहरुले आज बारामा आन्दोलन गरेका छन् भने हालसम्म ९ वटा उद्योगको लाइन कटिएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?