Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

९ असोज,  फुङ्लिङ ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु

९ असोज, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ एनजी ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । कक्षा १२ को

राष्ट्रिय सभाको बैठक ६ दिन पछि सर्‍यो

९ असोज, काठमाडौं । राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ । यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको छ । १२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले

चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै

९ असोज, काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् । चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४

इन्द्रजात्रा अवलोकन गर्न चिनियाँ टोली काठमाडौंमा

९ असोज,काठमाडौं । काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौं आइपुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ्

शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव हुँदा नियमित गस्तीमा समस्या

९ असोज, बेदकोट कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ । शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो । “दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उहाँले भन्नुभयो,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छोङछिङमा

९ असोज, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुग्नुभएको छ । उहाँलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गर्नुभयो । प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुहुनेछ । उहाँका

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक

९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक बुधबार अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो । महामन्त्री मुकुल ढकालले संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल हुनेछ । रास्वपाले

राष्ट्रिय सभा गृह अगाडि ईःलाई भेट्न पुगिन् उपमेयर सुनिता डंगोल

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन् । मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेटेकी उनले करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताइन् । ‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध छ’ आफ्नो अधिकार सीमित रहेको भन्दै

नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकले बन्द गरे सेवा

९ असोज, काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका छन् । सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुको मनोबल घटेको

सम्वन्धित समाचारहरु