Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने


९ असोज,  फुङ्लिङ ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्यामेरा जडान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित मोनिटरिङ फेदीस्थित प्रहरी चौकीबाट हुने छ । फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ ।”
प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हर सम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ । पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ । समितिले तीर्थालुको सुविधाका लागि आगामी शनिबारदेखि सुरु हुने गरी पाथिभरा मन्दिर परिसरमा चारवटा सिसी क्यामेरा जडान गरेको समिति अध्यक्ष रक्की थेपेले जानकारी दिनुभयो ।

उहाँका अुनसार मन्दिर प्रवेशद्वार ट्रष्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ । त्यस्तै ठूलो फेदीमा कान्छी थान मन्दिर देखिने गरी एक सिसी क्यामेरा जडान गरिएको छ । ठूलो फेदी नजिकै प्रवेशद्वारमा तीर्थालुको सङ्ख्या गणना गर्ने गरी ‘हेडकाउन्टिङ क्यामेरा ’ राखिएको छ भने ठूलो फेदी बजार परिसरमा दुई गरी आठ सिसी क्यामेरा जडान भएको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?