Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव हुँदा नियमित गस्तीमा समस्या


९ असोज, बेदकोट कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ ।

शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो । “दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उहाँले भन्नुभयो, “बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ ।” उहाँका अनुसार शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ । अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन । भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमति गस्तीमा समस्या उत्पन्न हुने गरेको छ । हाल यहाँ दुई छावासहित चार भाले र चार पोथी गरेर आठवटा हात्तीमात्रै छन् । शुक्लाफाँट राष्ट्रिय निकुञ्जको सबैभन्दा पुरानो हात्ती रुपकली हो । उसको उमेर ६० वर्षभन्दा बढी छ । शुक्लाकली नामक हात्तीले पाँच-छ महिनाअघि श्रुतिकली छावा जन्म दिएकी थिइन् । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जबाट नारायणीकली नामक हात्तीसँगै छावा संसचन्दगढलाई शुक्लाफाँट राष्ट्रिय निकुञ्जको हात्तीसारमा ल्याइएको थियो ।

संसचन्दगढसँगै नारायणप्रसाद, लवप्रसाद र सिद्धप्रसाद यहाँका भाले हात्ती हुन् । “रुपकली बूढो भइसक्यो, दुई छावा र तिनको माउलाई गस्तीमा लगिदैन”, संरक्षण अधिकृत ऐरले भन्नुभयो, “२०–२२ वर्षका तीनवटा हात्तीलाई गस्तीमा लैजान्छौँ, बर्खामा निकुञ्जको सबै क्षेत्रमा पुग्न गाह्रो हुन्छ ।” निकुञ्जभित्र पिपरैया पोष्टमा पाँच, शुक्लाफाँट पोष्टमा दुई र मालुमेला पोष्टमा एक हात्ती छ । वन्यजन्तुको उद्धारमा समेत प्रयोग गरिने हात्ती निकुञ्जको पूर्वी क्षेत्र अर्जुनी, बेलडाँडीलगायत ठाउँमा पनि थप गर्नुपर्ने देखिएको संरक्षण अधिकृत ऐरले बताउनुभयो । “निकुञ्जमा हात्ती जति धेरै भयो, त्यति राम्रो हुन्छ, निकुञ्जको पूर्वी सेक्टरमा हात्तीसार राख्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “वन्जजन्तुको गणना तथा उद्धारमा हात्तीले निकै सघाउ पुर्याउँछ ।” निकुञ्जभित्र जङ्गल गस्ती, वन्यजन्तु उद्धार, गणना, वैज्ञानिक अनुसन्धान, चोरी सिकारी नियन्त्रणमा हात्ती प्रयोग गरिँदै आएको छ । हात्तीलाई घुमाउनेदेखि स्याहार गर्न प्रत्येक हात्तीमा माउत, फणित र पछुवा गरेर तीन जना खटिने गरेका छन् ।

हाल यहाँ हात्तीलाई गस्ती लैजानेदेखि स्याहार गर्ने माउत, फणित र पछुवाको सङ्ख्या २४ जना छ । निकुञ्जभित्र पर्यटकलाई आकर्षण गर्नका लागि हात्ती सफारी सञ्चालन गर्न सकिन्छ । तर दरबन्दीअनुसार पूर्ण हात्ती नहुँदा र भएकै पनि अशक्त हुनाले सफारी हाललाई बन्द गरिएको निकुञ्जले जनाएको छ । बाह्रसिङ्गाको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको छ । निकुञ्जको अधिकतम भाग सालको जङ्गलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जङ्गल र घाँसेमैदान छ । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिङ्गा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानीताल तथा अन्य स–साना तालमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?