Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै


९ असोज, काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् । चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए । त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए । चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी उपकरण सूर्यको प्रकाशबिना चल्न नसक्ने भएकाले १५–१६ दिनका लागि स्लिप मोडमा राख्नु परेको थियो । जस अनुसार चन्द्रमामा घाम उदायपछि २२ सेप्टेम्बरमा उनीहरुले विक्रम र प्रज्ञानलाई सक्रिय गराउने योजना बनाएका थिए । तर त्यो दिन असफल भएपछि उनीहरुले २३ सेप्टेम्बरमा त्यो प्रयास गरे । तर सफलता प्राप्त भएन ।

चन्द्रमामा अझै केही दिन घाम लागि रहने भएकाले घाम रहुञ्जेल सम्पर्क गर्ने प्रयास जारी राख्ने इसरोको योजना छ । चन्द्रमाको दक्षिणी ध्रुव जहाँ प्रज्ञान र विक्रम छन्, त्यो ठाउँमा रातको समयमा तापक्रम माइनस १३० डिग्रीसम्म चिसो हुन्छ । अमेरिकी अन्तरिक्ष एजेन्सीे नासाका अनुसार त्यहाँका कुनै कुनै ठाउँमा त तापक्रम माइनस २५३ डिग्रीसम्म पुग्छ । चन्द्रमाको त्यो चिसोका कारण विक्रम र प्रज्ञानका कुनै उपकरणमा क्षति पुगेकाले सम्पर्क नभएको हुन सक्ने उनी बताउँछन् । विक्रम र प्रज्ञान फेरि सक्रिय भए उनीहरले पहिलाको जस्तै चन्द्रमाका बारेमा थप जानकारी पठाउने छन् । तर सक्रिय भएनन् भने यिनीहरु भारतको दूतका रुपमा चन्द्रमामै बस्ने इसरोले बताएको छ । पृथ्वीमा फिर्ता ल्याउन महँगो प्रज्ञान र विक्रम जस्ता उपकरणको काम चन्द्रमाको जानकारी संकलन गर्नु र त्यसलाई पठाउनु हो ।

उनीहरुले यस्ता उपकरण फिर्ता ल्याएका छैनन् । फिर्ता नल्याउनुको कारण हो यसमा लाग्ने खर्च । वैज्ञानिकहरुका अनुसार यसलाई पठाउन जति खर्च लाग्छ फिर्ता ल्याउन पनि त्यत्तिनै थप खर्च गर्नुपर्ने हुन्छ । उपकरण फिर्ता गर्न लाग्ने खर्चले अर्को अन्तरिक्ष मिसन चलाउन सकिन्छ । पृथ्वीमा फिर्ता नहुने भएपछि यस्ता उपकरण चन्द्रमामा नै रहन्छन् र त्यसबाट कुनै काम पनि लिन सकिँदैन । यस्ता उपकरणमा कुनै पनि डाटा भण्डारण नहुने भएकाले पछि अर्को देशले फेला पारे पनि उपयोगी हुँदैन ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?