२४ श्रावण, काठमाडाैँ । सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने
२४ श्रावण, सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । मृत्यु
२४ श्रावण, काठमाडाैँ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो । बैठकको सुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलबारको मन्तव्यमा छानबिन समिति
२४ श्रावण, चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । मुग्लिन सडक खण्डमा हुने सडक अवरोधलाई हटाउँदै यात्रा सहज गर्न भनेर रास्वपाले आरएटी टिम खटाएको थियो । पार्टीले सडक खण्डको कालिखोला क्षेत्रमा सुन्तला रङ्गको
२४ श्रावण, काठमाडाैँ । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ । प्रमुख प्रतिपक्षि दल एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै बुधरबार पनि संसदमा नाराबाजी सुरु गरेको हो । पछिल्लो २ सातादेखि एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद चल्न दिएको छैन ।
२४ श्रावण, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली तत्कालै ल्याउने बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उनले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनाैँसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।
२४ श्रावण, मकवानपुर । जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् । राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको
२४ श्रावण, काठमाडाैँ । सञ्चारकर्मी समेत रहेकी गायिका किस्ना आचार्य 'रोशनी'को नयाँ गीत सार्वजनिक भएको छ । पत्रकारिता साहित्य र गीतसंगीतमा लामो समय देखि सक्रिय रोशनीको 'तिम्रो याद' गीत ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक भएको हो । रोशनीको रचना रहेको उक्त गीतमा मनोजराज सिवाकोटी तथा ज्योति प्रकाश संगीत भरेका छन् । त्यसैगरी,
२४ श्रावण, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गर्नुभएका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गर्नुभएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । नवनियुक्त
२४ श्रावण, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ । उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण