Trending
>>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली >>   फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो >>   न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा दुर्गा प्रसाईंको रिट >>   सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ >>   नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री >>   वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या >>   टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ >>   तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने >>   बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

चितवनका सिडिओले भने – नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन


२४ श्रावण, चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ ।

मुग्लिन सडक खण्डमा हुने सडक अवरोधलाई हटाउँदै यात्रा सहज गर्न भनेर रास्वपाले आरएटी टिम खटाएको थियो । पार्टीले सडक खण्डको कालिखोला क्षेत्रमा सुन्तला रङ्गको ज्याकेट लगाएर वाकीटकी बोकेर हिँड्ने युवा दस्तालाई प्रशासनको अनुमती बिना काम नगर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्रशासनले बुधबार एक सूचना जारी गर्दै आपतविपद सरकारी संयन्त्र अहिले काम गर्न सक्षम भएकोले अमुक पार्टीको नामबाट काम नगर्न सूचना जारी गरिएको हो । प्रजिअ पौडेलले सुरक्षाकर्मीले बोक्ने वाकीटकी बिना अनुमती अरुले प्रयोग नगर्न समेत निर्देशन दिएका छन् । कस्तो अवस्थामा कोको व्यक्तिले सो कार्य गरेको भन्दै प्रहरीलाई अनुसन्धान गर्न समेत प्रजिअ पौडेलले निर्देशन दिनुभएको छ । प्रजिअले जारी गरेको सूचनामा मुग्लिङ्ग–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका टिम कालिखोला लगायत स्थानमा वाकीटकी सञ्चार सहितका युवाको फोटो सहितको पोष्टमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ जनाएको छ ।

मंगलबार अवरुद्ध भएको सडकमा सुरक्षा निकाय र सडक सहितका राज्यका अङ्गबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाई सडक सुचारु गराउन सक्षम छ । ट्राफिक व्यवस्थापन समेत गरि राखेको अवस्थामा कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिईएको, लिन स्वीकृति नदिइएको जनाइएको छ । ती टिमले संचारको साधन वाकिटकी समेत देखिएकोमा उक्त सञ्चार साधन स्वीकृति र दर्तावाल हो होइन छानविन गर्न प्रहरीलाई निर्देशन गरिसकेको पौडेलले बताए ।

विपद्का यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरु सक्षम रहेको उनले बताए । यस्तै, उनले ठुला विपद्का घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारणबाट कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी भएर काम गर्नका लागि सकिने बताए । त्यसरी काम गर्नका लागि जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा काम गर्न सकिने छ ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि आरएटी टिमलाई रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

रास्वपाका प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा ५० जना खटिएका थिए ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?