Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

समाचार


बालविवाह अन्त्य गर्न पालिकाको समर्थन

२७ फागुन, जाजरकोट। जाजरकोटका पालिकाले सन् २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी

पाल्पामै पहिलो रामपुरबाट डिजिटल परिचयपत्र वितरण

२७ फागुन, पाल्पा । डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य शुरू गरेको छ । पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो । रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिंह ठकुरीबाट परिचयपत्र वितरण कार्य शुरू भएको छ । डिजिटल प्रविधिको परिचयपत्र

उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा सम्पन्न उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले फोरम गठन गरेको हो । यसको सदस्यमा उपत्यकाका सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनु हुनेछ । अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम,

कस्तो रहला शनिबार देशभरको माैसम ?

२७ फागुन, काठमाडाैँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ

आज मिति २०७९ साल फागुन २७ गते शनिबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल फागुन २७ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष – मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवं गरेको काममा प्रशंसा मिल्नेछ । यात्रा तथा धार्मिक रुचि बढ्नेछ । वृष– आफन्तबाट धोका मिल्नेछ

सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु

बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

खसआर्यबाहिरबाट उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने एमालेको तयारी, शनिबार बैठक बस्दै

२६ फागुन, काठमाडाैँ । नेकपा एमालेले मुलुकको उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने भएको छ । एमालेले खसआर्यबाहिरबाट महिला उम्मेदवार उठाउने भएको जानकारी दिइएको छ। उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्नका लागि एमालेले शनिबार सचिवालय बैठक बोलाएको छ । संविधानको धारा ३८ को उपधारा ४३ अनुसार निर्वाचन आयोगले महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको

पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान

२६ फागुन, पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट बिहीबार रातिदेखि विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान

ट्रयाक्टरको ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु

२६ फागुन, एजेन्सी। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ । करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।

कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो

पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् । खेतीसँगै किसानले अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ उत्पादन

सम्वन्धित समाचारहरु