Trending
>>   आज मिति २०८२ साल असार ०३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

पाल्पामै पहिलो रामपुरबाट डिजिटल परिचयपत्र वितरण


२७ फागुन, पाल्पा । डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य शुरू गरेको छ ।

पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो ।

रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिंह ठकुरीबाट परिचयपत्र वितरण कार्य शुरू भएको छ । डिजिटल प्रविधिको परिचयपत्र पाउँदा ज्यादै खुशी लागेको उनले बताए ।

नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन र रामपुर नगरलाई डिजिटलमैत्री नगरपालिका बनाउन यस कार्यको थालनी गरिएको बताए ।

‘नगरपालिका कार्यालय, केही वडा कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिसकेको र बाँकी वडामा पनि नगरले राख्ने तयारी गरिरहेको छ,’ उनले भने, ‘सूचना प्रविधिको विकासलाई अवलम्बन गरी सफ्टवेयर जडान गरेर नगर तथा वडा कार्यालयबाट विभिन्न सेवा दिइरहेका छौं, नगरलाई डिजिटलमैत्री नगर बनाउने हाम्रो संकल्प छ ।’

सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडले सफ्टवेयर जडान गरेर शुक्रवारदेखि सेवा शुरू गरिएको हो । गण्डकी, बागमती प्रदेशका केही पालिकामा सफ्टवेयर जडान गरेको यस संस्थाले पाल्पामै पहिलोपटक रामपुर नगरपालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडका इन्जिनीयर गङ्गाराम रेग्मीले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिका लागि वर्गअनुसारको रातो, निलो, पहेंलो र सेतो परिचयपत्र र ज्येष्ठ नागरिकका लागि पूर्ण विवरण सहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् । ‘सूचना प्रविधिको पहुँच विस्तार हुँदै गएको अवस्थामा कार्यालयका कामकाज छिटो गर्न डिजिटल प्रविधिको परिचयपत्र वितरण कार्य शुरू गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने । यस्तो परिचयपत्र पानीमा नभिज्ने, हराएमा तत्काल अर्को निकाल्न मिल्ने, नवीकरण गर्न झण्झट नहुने, नवीकरण घरमै बसेर पनि गर्न सकिने, कर्मचारीलाई परिचयपत्र बनाउन धेरै समय खर्चिएर बस्न नपर्ने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताए ।

यसअघिको परिचयपत्रमा हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गरिँदै आएको थियो । नगरपालिकाले परिचयपत्र बनाउने डिजिटल मशिन राखेर नगरपालिकाबाटै परिचयपत्र दिन थालिएको हो । यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएको खण्डमा डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने नगर उपप्रमुख बालकुमारी थापा बताउँछन् ।

हातले बनाएका परिचयपत्र पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या रहेकाले सो समस्या धेरै सेवाग्राहीले गुनासो गरेपछि यस्तो परिचयपत्र नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । अनलाइन प्रविष्टीकरण गरिने भएकाले यो परिचयपत्र बारकोडमार्फत हेर्न सकिने र हराएमा पनि सजिलै प्रदान गर्न सकिने भएकाले धेरै सहज हुनेछ ।

हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै यस्तो परिचयपत्र लिन सकिने व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?