Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बालविवाह अन्त्य गर्न पालिकाको समर्थन


२७ फागुन, जाजरकोट। जाजरकोटका पालिकाले सन् २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी नगरपालिकाबाहेक अन्य पालिकाका सरकार प्रमुखको सहभागिता रहेको यहाँ आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो । विभिन्न आठ बुँदे साझा प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाका माथि हुने सबै खालका हिंसासमेत अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाका सरोकारवालाको संयुक्त बैठकमा साझा धारणा बनाई २०२७ सम्म लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा हस्ताक्षरसमेत भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान लगायतका अन्य सङ्घ संस्थाको सहयोगमा उक्त अन्तक्र्रिया भएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानले जिल्लाका कुशे गाउँपालिकामा बालबालिकासम्बन्धी गरेका काम, बालविवाह हुन नदिन गरिएका प्रयासको विषयमा समेत जानकारी गराएको थियो । अन्य संस्थाले छेडागाड नगरपालिकामा गरिएको कार्यक्रमको विषयमा समेत जानकारी गराएका थिए ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?