Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो


पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् । खेतीसँगै किसानले अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ उत्पादन र निर्यात पनि गर्न थालेका घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाका उच्च भेगमा बस्ने किसानले जङ्गलबाट अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ बनाउन थालेको पाइएपछि उपयुक्त क्षेत्र छनोट गरी तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोसाईले बताउनुभयो ।

घरेलु कार्यालयले केही दिनअघिदेखि पाथीभरा याङवरक गाउँपालिकाको तिरिङ्गेमा अर्गेलीबाट कागज बनाउन चाहिने कच्चा पदार्थको उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको छ । तालिममा पक्ताङलुङ र सिदिङ्वा गाउँपालिकाका समेत गरी १२ युवा सहभागी छन् । तिरिङ्गेको माथिल्लो भेग अर्गेली पाइने र खेती गर्न उपयुक्त क्षेत्र पनि हो । तिरिङ्गेका मित्रलाल पौडेलसहित अर्गेलीका लागि उपयुक्त जग्गा भएका किसानले अर्गेलीको व्यावसायिक खेती नै गरेका छन् । यता फङलिङ नगरपालिकाको फुरुम्बुका गङ्गा तामाङले समेत कागज उत्पादनसँगै कच्चा पदार्थ तयार गरी निर्यात गर्दै आएको घरेलु कार्यालयले जनाएको छ । व्यवसायीका अनुसार अर्गेलीको डाँठलाई पानीको बाफमा बफ्याएपछि बोक्रा खुर्किने र त्यसलाई सफा गरेर सुकाएपछि बजार लैजान तयार हुन्छ । उक्त कच्चा पदार्थ प्रतिकिलो रु २५० देखि तीन सयसम्मले बिक्री हुने गरेको कागज उद्योग सञ्चालन गरिरहनुभएका गङ्गा तामाङले बताउनुभयो ।

उच्च भेगमा बसोबास गर्ने किसानले बर्सेनि जङ्गलबाट अर्गेली सङ्कलन गरी बोक्रा निकालेर स्थानीय हातेकाजग उद्योगमा बेच्दै आएका थिए तर पछिल्लो समय अर्गेलीको बोक्रालाई फरक तरिकाले कच्चा पदार्थको रुपमा तयार गरी निर्यात गर्दा फाइदा हुने देखिएपछि यसतर्फ किसान आकर्षित हुन थालेका हुन् । चिसो बढी हुने उच्च भेगको पाखो जमिनमा पाइने अर्गेलीको बोक्रालाई कागज बनाउन मात्रै नभई कपडा उत्पादनमा समेत प्रयोग गर्ने गरिएको छ । यसबाट धागो निकालेर झोला, टोपी, कोटलगायतका कपडा तयार गरिन्छ । जाडोको अन्त्यतिर वसन्त ऋतुको समयमा यसको बोक्रा निकाल्ने गरिन्छ । यसको प्रयोग बढ्दै गएकाले खेती विस्तार र संरक्षणमा ध्यान दिनसमेत आवश्यक भएको सरोकारवालाले बताएका छन् ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?