Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आज मिति २०७९ साल फागुन २७ गते शनिबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल फागुन २७ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवं गरेको काममा प्रशंसा मिल्नेछ । यात्रा तथा धार्मिक रुचि बढ्नेछ ।

वृष– आफन्तबाट धोका मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । पारीवारिक सुख एवं व्यापार व्यवसायबाट राम्रराे आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ ।

मिथुन – खर्च बढ्नेछ । शरीरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । आकश्मिक लाभ तथा व्यापारमा राम्रो प्रतिफल मिल्नेछ ।

कर्कट– प्रेमीप्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । साताको मध्यमा भने अपमान आउन सक्नेछ । स्वास्थ्यको समस्याले खर्च बढ्ने देखिन्छ भने अधुरा काम बन्नेछ । विदेशभ्रमणकाे अवसर मिल्ने संभावना छ ।

सिंह– स्वास्थ्यमा भने सुधार हुनेछ । स्त्रीबाट सहयोग मिल्नेछ । वैवाहिक कुराकानी चल्नेछ । मानसिक तनाव बढ्ने र गरेको काम बिग्रिन सक्छ ।

कन्या– मुद्दामामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । सानो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ ।

तुला– घरायसी मनमुटाव बढ्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा हुनेछ । विरोधीले काम बिगार्न सक्छन् ।

वृश्चिक– साताको मध्यमा समस्या बल्झिनेछ । काम अधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ । धन प्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ ।

धनु – अचानक धन सम्पति प्राप्ति हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । छाेटाे यात्रा हुनेछ । स्वास्थ्यले बाधा तथा मनमा अशान्ति तथा पारीवारिक झै झगडा हुनेछ ।

मकर – भाग्यले साथ दिनाले अधुरा काम बन्नेछन् । राजनीतिक फाइदा र जिम्मेवारी एवं आत्म प्रशंसा बढ्ने देखिन्छ ।

कुम्भ – ठूलाबडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । आकश्मिक लाभ प्रियजन भेटघाट र आफन्तबाट फाइदा मिल्नेछ ।

मीन – आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । नोकरीमा लाभ एवं राजनीतिबाट फाइदा हुनुका साथै खर्च बढ्ने र पारीवारिक समस्या हुनेछ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?