Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

ट्रयाक्टरको ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु


२६ फागुन, एजेन्सी। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ ।

करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।

उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ ।

केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?