८ ,मङ्सिर ,काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए । उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई
८ ,मङ्सिर ,काठमाडौँ । सार्वजनिक संस्थानहरुले संरचनागत सुधारसहित कार्ययोजना बनाएर काम नगरे सेवा प्रवाह प्रभावकारी हुन नसक्ने सार्वजनिक प्रशासनका जानकारहरूले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानका प्रमुखहरूसँग आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले प्रभावकारी सेवा प्रवाहका निम्ति कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् । पुरानो कार्यशैली र
८ ,मङ्सिर ,गाजा । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातैै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन् । नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौँ ।”
८ ,मङ्सिर ,बेइजिङ । चीन-युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ । आजसम्म करिब ८१ हजार चीन-युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ । चीन-युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन
८ ,मङ्सिर ,काठमाडौँ । जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा गृह मन्त्रालय लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाले पाउनुपर्ने स्वास्थ्य सेवा
८ ,मङ्सिर ,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन सरोकार भएका पक्षलाई आग्रह गरेका छन् । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आचार्यले नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म व्यक्ति, परिवार, नागरिक समाज, सङ्घ संस्थालगायतका सरोकार भएका पक्षलाई सचेतनामूलक तथा सन्देशमूलक
८ ,मङ्सिर ,महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ । आज महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरुले पार्कमा रहेको
८ ,मङ्सिर ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनिहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उनिहरुबीच लगानी र श्रम सहयोगबारे
काठमाडौं । दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् । आफ्नै निवासमा सुरक्षाकर्मीले घेराबन्दी गरेपछि दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट पत्रकार सम्मेलन गर्दै प्रसाईले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका हुन्। बिहीबार राजधानीको बल्खुमा विरोध प्रदर्शन
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात