Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन मन्त्री आचार्यको आग्रह


८ ,मङ्सिर ,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आचार्यले नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म व्यक्ति, परिवार, नागरिक समाज, सङ्घ संस्थालगायतका सरोकार भएका पक्षलाई सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गरी अभियानलाई ऐक्यबद्धता जनाउन आग्रह गरेका हुन् ।

मन्त्री आचार्यले अभियानलाई व्यापक रुपमा सञ्चालन गर्न सातै प्रदेशमा प्रदेशस्तरीय जनचेतनामूलक विभिन्न कार्यक्रम गरी मनाउने तयारी रहेको उनले बताए । “अघिल्ला वर्ष राजधानी केन्द्रित ¥याली हुने गरेकोमा यसवर्ष सबै तह, निकायको समन्वय, सहकार्य गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम गरी मनाउने मन्त्रालयको तयारी छ”, उनले भने ।

अन्तर्राष्ट्रिय प्रतिबद्धताले सिर्जना गरेको दायित्वलाई कार्यान्वयन गर्ने सम्बन्धमा संविधानलगायत महिला केन्द्रित नीति, कानुन, योजना, संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाइ समृद्ध समाज निर्माण गर्न सरकार प्रयासरत रहेको उनको ठहर छ ।

मन्त्री आचार्यले महिलाको हक अधिकार सुरक्षित गर्दै महिलाविरुद्ध हुने जुनसुकै प्रकारको हिंसा तथा विभेदलाई शून्य सहनशीलताको नीति लिई पूर्णरुपमा अन्त्य गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

सोही सम्मेलनमा मन्त्रालयका लैङ्गिक हिंसाको अन्त्यको लागि पुरुष सञ्जालका सदस्य संयोग ठकुरीले अभियानको ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभियानका कार्यक्रम लगायतका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै महिला हिंसा उन्मूलन गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने अभियानको यसवर्ष अन्तर्राष्ट्रिय नारा ‘महिला र बालबालिकाविरुद्ध हिंसा रोक्न एकजुट लगानी’ का साथै ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्तिता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । यो राष्ट्रिय नाराका साथ यसवर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?