Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘सार्वजनिक संस्थानमा संरचनागत सुधार आवश्यक छ’


८ ,मङ्सिर ,काठमाडौँ । सार्वजनिक संस्थानहरुले संरचनागत सुधारसहित कार्ययोजना बनाएर काम नगरे सेवा प्रवाह प्रभावकारी हुन नसक्ने सार्वजनिक प्रशासनका जानकारहरूले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानका प्रमुखहरूसँग आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले प्रभावकारी सेवा प्रवाहका निम्ति कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

पुरानो कार्यशैली र संरचना तथा परम्पराका नाममा हुने कार्यप्रणालीले दैनिक कार्यालय सञ्चालन भए पनि प्रभावकारी सेवा प्रवाह हुन नसकेको उनीहरूको विश्लेषण छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कार्ययोजना तर्जुमा नगरी गरिने कामबाट निर्धारित लक्ष्य हासिल गर्न नसकिने बताए ।

धेरै संस्थाका बारेमा कार्ययोजनाबिना काम अघि बढाइँको, प्रक्रिया मिचेको र प्रक्रियागत त्रुटिलाई लिएर पनि उजुरी परेपछि आयोगले छानबिन गरेको प्रमुख आयुक्त राईले बताए ।

“उजुरी परेपछि कार्यालयको काम गर्न मनोबल घट्छ । मानसिक तनाब हुन्छ तर डराउनुपर्दैन । नियमअनुसार प्रक्रिया पुगेका विषयमा अख्तियार अनुसन्धान आयोगले सामन्य सोधपुछ गरेर टुङ्ग्याउने गरेको छ, ”प्रमुख आयुक्त राईले भने ।

कार्यक्रममा आयोगका आयुक्तहरु किशोर सिलवाल, हरि पौडेल, सुमित्रा श्रेष्ठ ९अमात्य० जयबहादुर चन्दले सार्वजनिक संस्थानको पुनःसंरचना र सुधारको कार्ययोजना आवश्यक भएको बताए ।

आयोगका सचिव रामेश्वर दङ्गाल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलगायत वक्ताले सार्वजनिक संस्थान सुधारका लागि नीतिगत सुधारसँगै योजना कार्यान्वयन गर्न आवश्यक भएको बताए ।

अन्तरक्रियामा ४४ वटा सार्वजनिक संस्थानका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । सहभागी संस्थान प्रमुखहरुले काम गर्न कानुनी जटिलता रहेको, प्राविधिक जनशक्तिको अभाव रहेको र ट्रेड युनियनको प्रभाव धेरै भएकाले काम गर्न कठिन भएको वास्तविकता प्रस्तुत गरेका थिए ।

आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले विकास निर्माण तथा सार्वजनिक खरिदसम्बन्धी सवाल, संरचनागत सुधार र सार्वजनिक सेवा प्रवाहबारे अख्तियारमा परेका उजुरीका विषयमा र अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालले सार्वजनिक संस्थानहरुको अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?