Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त


काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । उनका अनुसार सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलका सदस्यहरुको भ्रमण स्वीकृत गरेको छ ।

उनले भने, ‘मन्त्रीपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई मनोनित गरेको छ । सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा मान्य परराष्ट्रमन्त्री आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलको जुन जुन सदस्य हुनुहुन्छ, चीनको भ्रमणको स्वीकृति प्रदान भएको छ ।’

प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?