Trending
>>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा >>   आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा


काठमाडौँ। सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अण्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् ।

उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन आज तोरणले राम्रो सुरुवात गरे । बोगी रहित फ्रन्ट नाइन खेले । तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि दशौं होलमा एक सट खेर फाले । तर यसपछि १२ औं, १३औं र १५ औं होलमा एक–एक सट बचाएर ब्याक नाइन २–अण्डर ३४ मा सकाए । यसरी पहिलो दिन ६ बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे ।

नेपाल नम्बर एक प्रो भुवनले पनि फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे । पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । उनले ब्याक नाइनमा तीन बर्डी प्रहार गरेपनि दुई बोगी खेपे । ब्याक नाइनमा मात्र १–अन्डर ३५ को स्कोर निकाले। १०औं, १६औं र १७ औं होलमा एक–एक सट बचाए । तर १४ औं र १८ औं होलमा बोगी प्रहार गरे । ब्याक नाइनको दुई बोगीको कारण उनले शीर्षस्थान गुमाए ।

सुनिल केसीले शुरूवात भने राम्रो गर्न सकेनन् । उनले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गरे । पाँचौं र छैटौं होलमा एक–एक सट खेर फाले भने सातौं होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा आज उनले सानदार प्रदर्शन गरे । ११ औं देखि १४ औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गर्दा १८ औं होलमा पनि एक सट बचाए। ब्याक नाइन ५–अन्डर ३१ मा पूरा गर्दा ४–अन्डर ६८ को स्कोरकार्ड तयार पारे ।

प्रतियोगितामा ३–अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २–अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन। एमेच्योरतर्फ राहुल २–अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे । १–ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन। डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २–ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।

चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र १३ प्रोफेसनल गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ । ३६ होलपछि कट लागू हुनेछ । प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?