Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्रचण्डलाई नजरबन्दमा राख्ने दुर्गा प्रसाईंको चेतावनी


काठमाडौं । दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् ।

आफ्नै निवासमा सुरक्षाकर्मीले घेराबन्दी गरेपछि दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट पत्रकार सम्मेलन गर्दै प्रसाईले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका हुन्।

बिहीबार राजधानीको बल्खुमा विरोध प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको बताएको छ । तर प्रसाईंलाई स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?