Trending
>>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम >>   माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता >>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

समाचार


सुनिन छाड्यो असारे भाका

१६ असार ,अन्नपूर्ण (कास्की) । ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट

झापामा सहिदका स्मृतिमा सडकको नामकरण

१६ असार ,झापा । मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ । मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘सहिद विश्वनाथ घिमिरे मार्ग’ नामकरण गरेको नगरप्रमुख गोपाल बुढाथोकीले बताए । यो सडक १९ किलोमिटर लामो छ ।

गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

१६ असार ,गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै विषयसँग सम्बन्धित रहेका कारण विश्वभरि चिनिएको छ ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

१६ असार ,चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको

सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’

१६ असार ,काठमाडौँ । यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान पर्दा गरियो । प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन सिग्देल (डिसेम्बर फल्स), अभिनेत्री प्रमिला कार्की (बगान), चलचित्र

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पाँच व्यक्तित्व पुरस्कृत

१५ असार ,काठमाडौँ । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले पाँच जनालाई पुरस्कृत गरेको छ । गुठीद्वारा आज आयोजित पुरस्कार तथा सम्मान वितरण समारोहमा सङ्गीत तथा बालसाहित्यलगायतका क्षेत्रबाट नेपाली साहित्यको उन्नयमा पुर्याएको योगदान स्वरुप पुरस्कार प्रदान गरिएको हो । गूठीले नूर–गङ्गा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार, संयुक्तरुपमा साहित्यकार गेहेन्द्रमान उदास र कन्हैया नासननीलाई

भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

१५ असार ,नयाँ दिल्ली । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छन् । पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब

‘सङ्घीय कानून नबन्दा प्रदेशका नीति तथा योजना बनाउन धेरै समस्या’

१५ असार ,पाटन । बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा नरविक्रम थापाले सङ्घीय कानून नबनिसकेकाले धेरै समस्या भएको बताएका छन् । बागमती प्रदेश नीति तथा योजना आयोगले आज प्रदेश सुशासन केन्द्र ललितपुरमा आयोजना गरेको दोस्रो आवधिक योजना तर्जुमासम्बन्धी अन्तरक्रियामा उपाध्यक्ष प्राडा थापाले यस्तो बताएका हुन् । “दोस्रो

सङ्घीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री

१५ असार ,कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । पोखरामा आज आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठक, २०८० को समापन सत्रलाई सम्बोधन गर्दै उनले भने, “प्रदेशको आवश्यकता छैन भन्ने तर्क पनि छन् । तर ती वैज्ञानिक छैनन्, हामीले जनताको घरदैलोमा सत्ता र

संसदीय मूल्य, मान्यता र आवश्यकता मेरो मुख्य कर्तव्य : सभामुख घिमिरे

१५ असार ,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा आफ्नो भूमिकालाई अझ सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । पैँसठ्ठीऔँ संसद् दिवसको पूर्वसन्ध्यामा संसदीय अध्ययन तथा विकास संस्थापनाद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले दिवसको शुभकामना दिँदै सभामुखसँगै सबै सांसदहरू आफ्नो भूमिकाप्रति इमान्दार र प्रयत्नशील हुुनुपर्ने बताए । “मैले खेल्ने ‘रेफ्री’

सम्वन्धित समाचारहरु