Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’


१६ असार ,काठमाडौँ । यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान पर्दा गरियो ।

प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन सिग्देल (डिसेम्बर फल्स), अभिनेत्री प्रमिला कार्की (बगान), चलचित्र ‘प्रकाश’, निर्देशक सम्राट बस्नेत (लाखे), लेखक विकास सुवेदी (प्रकाश), भिएफएक्स समिर मियाले अवार्ड प्राप्त गरे ।

महोत्सवमा निर्णायकतर्फको अवार्डसँगै छोटा चलचित्रतर्फको अवार्डसमेत प्रदान गरिएको थियो । निर्णायक मण्डलले चलचित्र ‘नम्बरी सुन’, निर्देशक कमल एक्चै मगर (डेसान) र लेखक रोहित रुम्बा (लाखे) लाई अवार्ड गर्न गरेका थिए ।

यस्तै, समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएबापत निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, चलचित्र पत्रकार सचित खड्कालगायतलाई सम्मान गरिएको थियो । आयोजक संस्था पिम नेपालका अध्यक्ष एवं चलचित्र निर्देशक माधवराज खरेलले महोत्सवमार्फत नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गरिरहेको बताए ।

उनले भने, “यस किसिमका महोत्सवले हाम्रो कला र संस्कृति मिश्रित चलचित्रलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान मद्दत गर्छ । त्यसैले पनि हामीले यसलाई निरन्तरता दिइरहेका छौँ ।”

महोत्सवको समापन समारोहमा सङ्गीतकार शम्भुजित बासकोटा, अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नृत्य निर्देशक दिनेश पाख्रिनलगायत उपस्थित थिए ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?