Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’


१६ असार ,काठमाडौँ । यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान पर्दा गरियो ।

प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन सिग्देल (डिसेम्बर फल्स), अभिनेत्री प्रमिला कार्की (बगान), चलचित्र ‘प्रकाश’, निर्देशक सम्राट बस्नेत (लाखे), लेखक विकास सुवेदी (प्रकाश), भिएफएक्स समिर मियाले अवार्ड प्राप्त गरे ।

महोत्सवमा निर्णायकतर्फको अवार्डसँगै छोटा चलचित्रतर्फको अवार्डसमेत प्रदान गरिएको थियो । निर्णायक मण्डलले चलचित्र ‘नम्बरी सुन’, निर्देशक कमल एक्चै मगर (डेसान) र लेखक रोहित रुम्बा (लाखे) लाई अवार्ड गर्न गरेका थिए ।

यस्तै, समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएबापत निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, चलचित्र पत्रकार सचित खड्कालगायतलाई सम्मान गरिएको थियो । आयोजक संस्था पिम नेपालका अध्यक्ष एवं चलचित्र निर्देशक माधवराज खरेलले महोत्सवमार्फत नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गरिरहेको बताए ।

उनले भने, “यस किसिमका महोत्सवले हाम्रो कला र संस्कृति मिश्रित चलचित्रलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान मद्दत गर्छ । त्यसैले पनि हामीले यसलाई निरन्तरता दिइरहेका छौँ ।”

महोत्सवको समापन समारोहमा सङ्गीतकार शम्भुजित बासकोटा, अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नृत्य निर्देशक दिनेश पाख्रिनलगायत उपस्थित थिए ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?