Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
१ फाल्गुन २०८२, शुक्रबार
१ फाल्गुन २०८२, शुक्रबार

संसदीय मूल्य, मान्यता र आवश्यकता मेरो मुख्य कर्तव्य : सभामुख घिमिरे


१५ असार ,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा आफ्नो भूमिकालाई अझ सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पैँसठ्ठीऔँ संसद् दिवसको पूर्वसन्ध्यामा संसदीय अध्ययन तथा विकास संस्थापनाद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले दिवसको शुभकामना दिँदै सभामुखसँगै सबै सांसदहरू आफ्नो भूमिकाप्रति इमान्दार र प्रयत्नशील हुुनुपर्ने बताए । “मैले खेल्ने ‘रेफ्री’ को भूमिकाअनुसार निश्चय पनि खेलाडीलाई ठीकसँग चलाउनेछु”, उनले भने, “जहाँसम्म एउटा रेफ्रीको भूमिका हो, खेलाडीले राम्रो नखेल्दिएपछि जतिसुकै योग्य रेफ्री भए पनि त्यो खेल दर्शकका लागि हेर्न लायक हुन सक्दैन । चाहेजस्तो परिणाम ल्याउन सक्दैन ।”

उहाँले आफू सभामुखको भूमिकाबाट विमुख नभएको स्पष्ट पार्दै भने, “पर्दा पछाडि सबै चलाउने उही छ । अब यसो छोपिएर चलिरहेको छ, पछाडिपट्टि यसलाई रिमोटले चलाइरहेको छ भन्ने सोच पुग्याछ । त्यसलाई म केही भन्न सक्दिन ।” उनले आफूलाई पार्टीले सभामुखको जिम्मेवारीमा पठाइसकेपछि पार्टीको हितभन्दा पनि संसदीय मूल्य र मान्यता आफ्नो मुख्य कर्तव्य भएको बताए ।

सभामुख घिमिरेले धेरै प्रयासपछि संसदीय समिति गठन भएको र समितिको प्रभावकारी सञ्चालनका लागि सभापति चयन गर्नेबारे बारम्बार ताकेता गर्दा पनि विभिन्न दलका सांसदबीच सहमति र सम्झदारी जुट्न नसकेको बताए । अन्तरक्रियाका क्रममा उपस्थित नागरिक समाजका अगुवाले संसद्मा सांसदको उपस्थिति बलियो र अर्थपूर्ण हुन नसकेको भन्दै गुनासो गरे ।

उनिहरूले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्नपर्नेमा जोड दिए । डा सुन्दरमणि दीक्षितले सभामुख घिमिरेलाई सदनमा सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताए । “कानून बनाउने सांसद नै संसद्मा उपस्थित हुँदैनन । संसद् खाली देखिन्छ, सभामुखले त्यसमा रुलिङ गर्ने कि नगर्ने ?”, उहाँले प्रश्न गरे ।

डा वीरेन्द्र मिश्रले सभामुखलाई सांसद प्रभावकारी बन्न नसकेकोप्रति गुनासो व्यक्त गरे । उनले सांसदहरू कानून मात्र बनाउन केन्द्रित हुँदा नीतिसँग कानून बाझिने र तालमेल नहुने समस्या देखिएको बताए । प्रा डा रामबाबु ढकाल, डा विष्णुराज उप्रेती र डा इन्द्र अधिकारीले संसद्मा सांसदको भूमिकाबारे सभामुखको ध्यानआर्कषण गराए ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?