Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पाँच व्यक्तित्व पुरस्कृत


१५ असार ,काठमाडौँ । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले पाँच जनालाई पुरस्कृत गरेको छ । गुठीद्वारा आज आयोजित पुरस्कार तथा सम्मान वितरण समारोहमा सङ्गीत तथा बालसाहित्यलगायतका क्षेत्रबाट नेपाली साहित्यको उन्नयमा पुर्याएको योगदान स्वरुप पुरस्कार प्रदान गरिएको हो ।

गूठीले नूर–गङ्गा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार, संयुक्तरुपमा साहित्यकार गेहेन्द्रमान उदास र कन्हैया नासननीलाई रु एकलाख नगद राशि प्रदान गरेको छ ।

त्यस्तै नूर–गङ्गा स्थापित क्षेत्रीय लोकगायन पुरस्कार, लोकगायक पुष्कल शर्मालाई रु तीस हजार नगद राशि प्रदान गरेको छ भने नूर–गङ्गा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार रामकुमार नेपालीलाई रु पच्चीस हजार नगद राशि प्रदान गरेको छ ।

नूर–गङ्गा नवप्रतिभा क्षेत्रीय साहित्य पुरस्कार आयुष्मा तिवारीलाई रु बीस हजार नगद राशि प्रदान गरेको छ । उक्त समारोहमा जापानका लागि नेपाली पूर्वराजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमाले बालसाहित्य, लोकगायनमार्फत नेपाली साहित्यको उन्नयनमा पु्याएको योगदानको कदर राज्यले गर्नुपर्नेमा गुठीले गरेको बताए ।

गुठीका अध्यक्ष प्राडा गोविन्द नेपालले गुठीको अक्षयकोषमा रकम वृद्धि गरी एक करोड पुर्याउने योजना रहेको बताउँदै पुरस्कृत हुने व्यक्तिको संक्षिप्त जानकारी प्रकाशन गर्ने जानकारी दिए । विसं २०५२ सालदेखि विभिन्न समयमा पुरस्कार प्रदान गदै आएको छ ।

पुरस्कृत साहित्यकार उदासले विगतदेखि बालसाहित्य क्षेत्रमा गरेका योगदानस्वरुप प्राप्त गरेको पुरस्कारले उत्प्रेणाका साथै साहस प्रदान गरेको बताए ।

त्यस्तै साहित्यकार नासननीले आफ्नो अमरत्व कायम राख्न गूठीको पुरस्कार अनुकरणीय रहेको बताए । उक्त समारोहमा गुठीमा लामो समयसम्म कामगरी योगदान पु्याभएका अग्रज सदस्य बाबुहरि ज्ञवाली, प्राडा तुलसीप्रसाद पाठक, प्राडा विनोदकुमार श्रेष्ठ र यज्ञप्रसाद शर्मा पोखरेल नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीबाट सम्मानित भएका छन् ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?