Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

समाचार


एमालेले चल्न दिएन राष्ट्रियसभाको बैठक, भोलीसम्मका लागि स्थगित

२४ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । बैठक प्रारम्भ

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू

२४ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा  शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा रसहभागी छन्

टोखामा ४ सय ३४ सडकबत्ती जडान

२४ असार, टोखा । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । टोखाले आव २०७९/८०

देशबाट ६ अर्बको जुस निर्यात

२४ असार, काठमाडाैँ । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकबाट छ अर्ब रुपियाँ बराबरको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड रुपियाँको पाँच करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भएको हो ।

गण्डकीमा तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिने

२४ असार, गण्डकी । गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास र लमजुङको शीतलपाटी–नाल्फाफेदी सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा सुरु गरिने भएको हो । नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको प्रदेश सरकारले बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको

सिँचाइको मोटर चलाउँदा करेन्ट लागेर किसानको मृत्यु

२४ असार, धनुषा । धनुषाको कमल नगरपालिका–२, माचिझिटकैयामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । आइतबार बिहान सोही वडाका ५५ वर्षीय सूर्यदेव ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो । सिँचाइ गर्न प्रयोग गरिएको विद्युतीय मोटरको तार हटाउने क्रममा करेन्ट लागेर ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२४ असार, काठमाडाैँ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। शुक्रबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार बढेर १

स्वयम्भुमा गरियो गायक रबिन तामाङको अन्तिम संस्कार

२४ असार, काठमाडाैँ । रकस्टार रबिन तामाङको अन्तिम संस्कार गरिएको छ । आज स्वयम्भुमा उनको तामाङ संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । उनको अन्तिम संस्कारमा कलाकार, आफन्त तथा अन्य व्यक्तित्वहरू उपस्थित भएका थिए । अन्तिम संस्कारअघि उनको शव श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा राखिएको थियो । अभिनेता समेत

प्रधानमन्त्री प्रचण्डका ज्वाइँ बने कोशी प्रदेशमा मन्त्री

२४ असार, काठमाडाैँ । कोशी प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले थप तीन जनालाई मन्त्री नियुक्त गरेका हन् । मुख्यमन्त्री थापाले माओवादीका दुई र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरे छन् । त्यस्तै, माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त भएसँगै एकीकृत समाजवादीले भने असन्तुष्टि जनाएको छ ।

बागमती प्रदेशले दियो दुग्ध किसानलाई ३० करोड अनुदान

२४ असार, बागमती । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा रु

सम्वन्धित समाचारहरु