Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

एमालेले चल्न दिएन राष्ट्रियसभाको बैठक, भोलीसम्मका लागि स्थगित


२४ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए । एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्मा अवरोध कायमै रहने बताए । एमालेले सोही विषयलाई लिएर चार दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर सदन अवरोध गरेर मात्रै समाधान नहुने भन्दै उनले आफ्नो विचार राखेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे । संसद् अवरोध भएका सम्बन्धमा शीर्ष नेताहरु छलफल र संवादमा लाग्नुहुने विश्वास व्यक्त गर्दै उनले सदनलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गरे ।

“माननीय सदस्यहरु, म फेरि यहाँहरुलाई बस्न आग्रह गर्दछु । संवादबाट नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ”, उनले भने, “हामीले आफ्ना विषयलाई उठाउने र सँगसँगै संसद्को नियमित कारबाहीलाई पनि अगाडि बढाउँदा नै ठिक ठाउँमा पुग्न सक्छौँ, त्यसले राष्ट्रियसभाको गरिमा पनि बढाउँछ । यस कारण माननीयज्यूलाई आसनग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्दछु ।”

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी, गृह र रक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलको कार्यसूची थियो ।

यस्तै राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २५ गते सोमबार बिहान ११ः०१ बजे बस्नेछ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?