Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु


काठमाडौँ।नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाले गति लिएको छ । महाधिवेशनको तेस्रो दिन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी दर्ता शुरु भएसँगै चुनावी चहलपहल उत्कर्षमा पुगेको हो । पार्टीको केन्द्रिय नेतृत्वमा आसीन हुन चाहने आकांक्षीहरूले निर्धारित समयसीमाभित्र आफ्ना उम्मेदवारी दर्ता गराउन शुरु गरेका छन् । निर्वाचन समितिको सचिवालयले उम्मेदवारी दर्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइएको जनाएको छ । खुलामञ्चमा स्थापित निर्वाचन स्थलमा बिहानैदेखि कार्यकर्ता तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ । विभिन्न पदका लागि उम्मेदवारी दिने नेताहरू आफ्ना समर्थकहरूसहित निर्वाचन समितिको कार्यालय पुगिरहेका छन् । चुनावी रौनकले महाधिवेशन स्थलको माहोललाई थप उत्साहजनक बनाएको छ । पार्टीको विधानअनुसार सभापति, पदाधिकारी तथा केन्द्रिय सदस्य पदका लागि प्रतिष्पर्धा हुन लागेको हो । आगामी नेतृत्व चयन प्रक्रियालाई लिएर देशभरका प्रतिनिधिहरूमा ठूलो चासो देखिएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताको प्रक्रिया व्यवस्थित बनाउन सुरक्षा व्यवस्थासहित विशेष प्रवन्ध गरेको छ ।

काठमाडौँ। नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाले गति लिएको छ ।

महाधिवेशनको तेस्रो दिन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी दर्ता शुरु भएसँगै चुनावी चहलपहल उत्कर्षमा पुगेको हो । पार्टीको केन्द्रिय नेतृत्वमा आसीन हुन चाहने आकांक्षीहरूले निर्धारित समयसीमाभित्र आफ्ना उम्मेदवारी दर्ता गराउन शुरु गरेका छन् । निर्वाचन समितिको सचिवालयले उम्मेदवारी दर्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइएको जनाएको छ ।

खुलामञ्चमा स्थापित निर्वाचन स्थलमा बिहानैदेखि कार्यकर्ता तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ । विभिन्न पदका लागि उम्मेदवारी दिने नेताहरू आफ्ना समर्थकहरूसहित निर्वाचन समितिको कार्यालय पुगिरहेका छन् । चुनावी रौनकले महाधिवेशन स्थलको माहोललाई थप उत्साहजनक बनाएको छ । पार्टीको विधानअनुसार सभापति, पदाधिकारी तथा केन्द्रिय सदस्य पदका लागि प्रतिष्पर्धा हुन लागेको हो ।

आगामी नेतृत्व चयन प्रक्रियालाई लिएर देशभरका प्रतिनिधिहरूमा ठूलो चासो देखिएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताको प्रक्रिया व्यवस्थित बनाउन सुरक्षा व्यवस्थासहित विशेष प्रवन्ध गरेको छ ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?