काठमाडौँ।नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी चुनावी सरगर्मीका बीच डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलवार काठमाडौंको खुलामञ्चमा उहाँले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरेका हुन् । आईतवारबाट शुरु भएको नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले गति लिएको छ ।
उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार