Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सिँचाइको मोटर चलाउँदा करेन्ट लागेर किसानको मृत्यु


२४ असार, धनुषा । धनुषाको कमल नगरपालिका–२, माचिझिटकैयामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । आइतबार बिहान सोही वडाका ५५ वर्षीय सूर्यदेव ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

सिँचाइ गर्न प्रयोग गरिएको विद्युतीय मोटरको तार हटाउने क्रममा करेन्ट लागेर ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको उनले जानकारी दिए ।

ठाकुर आफ्नै धान खेतमा सिँचाइ गर्न गएका बेला छिमेकी सत्यनारायण यादवको खेतमा ओछ्याएको मोटरको तार हटाउन जाँदा उनलाई करेन्ट लाग्न पुगेको बताइएको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?