काठमाडौं। राष्ट्रियसभामा रिक्त १९ सदस्य चयन गर्न ११ माघमा चुनाव हुँदै छ। आठ राजनीतिक दलबाट १९ सदस्यका लागि ५१ जनाको उम्मेदवारी परेको छ। तर, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उम्मेदवारी शून्य छ। राज्यका निकायलाई खबरदारी गर्न स्थापना भएको मायाको पहिचान नेपालले राष्ट्रियसभामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका एक सदस्यलाई मनोनीत
वीरगञ्ज,पर्सा। यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्सामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले पत्रकार पासवानलाई नगद रु ५० हजार तथा कदरपत्र सहितको उक्त पुरस्कार प्रदान गरेका छन् । त्यस अवसरमा महासङ्घका सचिव दीपेन्द्र चौहानले
मान्म, कालीकोट। विभिन्न जातजाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे सङ्क्रान्ति कालीकोटमा भने छोरीलाई कोसेली दिएर मनाइने गरेको छ । माघी तिहार अवसरमा कर्णालीमा चेलीलाई हरियो पोकामा कोसेली दिएर माघी पर्व मनाइने गरिन्छ । चेलीलाई माघी पर्वका अवसरमा दिने हरियो पोकामा कोसेली दिने चलन रहेको छ । यो परापूर्वकालदेखि चल्दै
काठमाडौं। अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहेनदार विद्यार्थीलाई दिएका छन् । अध्यक्ष बिसीले विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका थाल्पाटाको बसुन्धरा माविका कक्षा १ का रमेशबहादुर विक र रेमुकाकुमारी बुढालाई आफ्नो एक महिनाको पारिश्रमिकबाट १५/१५ हजार नगद दिएका हुन् । उनीहरू दुवैजना ४ जिपिए नतिजासहित विद्यालयमा उत्कृष्ट बनेका
काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरे । खड्का पूर्वराष्ट्रिय सभा सदस्यसमेत हुन् । खड्का एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँगै नेकपाकालपछि एमालेमा बसेका हुन् । उनी माओवादीको युद्धकालीन समयदेखि
पर्वत। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । उत्तरायण सुरु हुने आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने भएकाले बिहानदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो । कालीगण्डकीअन्तर्गत
म्याङलुङ,तेह्रथुम। माघ १ गते लिम्बू जातिले मान्दै आएको कुुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ । येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको
इनरुवा,सुनसरी। केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा
काठमाडौं। जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध आफ्ना उम्मेदवार उठाएको छ । जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ । माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि जनमतले अपिल गरेको छ । यी दुई उम्मेदवार
काठमाडौं। माल्दिभ्सले भारतीय सैनिकहरूलाई देश छोड्न मार्च १५ सम्मको अल्टिमेटम दिएको छ । मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा माल्दिभ्स छाड्न भनेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन