Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

चेलीलाई कोसेली दिएर मनाइयो माघे सङ्क्रान्ति


मान्म, कालीकोट। विभिन्न जातजाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे सङ्क्रान्ति कालीकोटमा भने छोरीलाई कोसेली दिएर मनाइने गरेको छ ।

माघी तिहार अवसरमा कर्णालीमा चेलीलाई हरियो पोकामा कोसेली दिएर माघी पर्व मनाइने गरिन्छ । चेलीलाई माघी पर्वका अवसरमा दिने हरियो पोकामा कोसेली दिने चलन रहेको छ । यो परापूर्वकालदेखि चल्दै आएको र १५ दिनसम्म छोरीलाई दिने गरिन्छ । विभिन्न परिकारसहितको कोसेली हरियो पातमा छोरीचेलीलाई दिने चलन परापूर्वकालदेखि चलिआएको छ ।

त्यस्तै, धार्मिक मान्यताअनुसार यो माघ महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको नरहरिनाथ उत्थान केन्द्रका सल्लाहकार किशोरकुमार रावलले बताएका छन् । “कर्णालीमा अन्य ठाउँको भन्दा भिन्न तरिकाले माघी मनाउने चलन छ,” उनले भने, “वैदिक मान्यताअनुसार कर्णाली तथा सुदूरपश्चिममा माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर चेलीलाई कोसेली दिने चलन रहेको छ ।”

धार्मिक मान्यताअनुसार माघ महिनामा कपाल काट्न, खौरिन नहुने, बलि दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन रहेको पञ्चदेवल मावि खाँडाचक्र नगरपालिका–२ मान्मका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताएका छन् ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?