Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

भारतीय सेनालाई मार्च १५ सम्ममा देश छाड्न माल्दिभ्सले दियो अल्टिमेटम


काठमाडौं। माल्दिभ्सले भारतीय सैनिकहरूलाई देश छोड्न मार्च १५ सम्मको अल्टिमेटम दिएको छ । मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा माल्दिभ्स छाड्न भनेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन माल्दिभ्स सरकारले भारतीय सरकारलाई भनेको समाचार माल्दिभ्सका सञ्चार माध्यममा छन् ।

त्यस्तै, भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मालेमा उच्चस्तरीय कोर समूहको बैठक बसेको र बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाएको छ ।

दुवै देशको उच्चस्तरीय कोर ग्रुपको बैठकमा ती सेना फिर्ता गर्ने प्रक्रिया सुरु गर्न दुवै देश सहमत भएको माल्दिभ्सको विदेश मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने भारतीय सेना फिर्ता गर्ने समयसीमाबारे केही उल्लेख छैन ।

इन्डिया आउटको नारा दिएर गत राष्ट्रपति चुनाव जितेका मोहम्मद मुइज्जुको पहिलो प्राथमिकतामा भारतीय सेना फिर्ता गर्नु हो । १७ नोभेम्बरमा सत्ता सम्हाले लगत्तै मुइज्जुले भारतलाई सैनिक फिर्ता लैजान आग्रह गरेका थिए ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?