Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

भारतीय सेनालाई मार्च १५ सम्ममा देश छाड्न माल्दिभ्सले दियो अल्टिमेटम


काठमाडौं। माल्दिभ्सले भारतीय सैनिकहरूलाई देश छोड्न मार्च १५ सम्मको अल्टिमेटम दिएको छ । मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा माल्दिभ्स छाड्न भनेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन माल्दिभ्स सरकारले भारतीय सरकारलाई भनेको समाचार माल्दिभ्सका सञ्चार माध्यममा छन् ।

त्यस्तै, भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मालेमा उच्चस्तरीय कोर समूहको बैठक बसेको र बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाएको छ ।

दुवै देशको उच्चस्तरीय कोर ग्रुपको बैठकमा ती सेना फिर्ता गर्ने प्रक्रिया सुरु गर्न दुवै देश सहमत भएको माल्दिभ्सको विदेश मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने भारतीय सेना फिर्ता गर्ने समयसीमाबारे केही उल्लेख छैन ।

इन्डिया आउटको नारा दिएर गत राष्ट्रपति चुनाव जितेका मोहम्मद मुइज्जुको पहिलो प्राथमिकतामा भारतीय सेना फिर्ता गर्नु हो । १७ नोभेम्बरमा सत्ता सम्हाले लगत्तै मुइज्जुले भारतलाई सैनिक फिर्ता लैजान आग्रह गरेका थिए ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?