Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित


इनरुवा,सुनसरी। केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।

चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताएका छन् । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए ।

एकचालिस थान कम्बल हस्तान्तरण

केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य सङ्घ इनरुवाले जिल्ला प्रशासन कार्यालयले गए राति ४१ थान कम्बल हस्तान्तरण गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई अतिविपन्न परिवारलाई वितरण गर्न कम्बल हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साहले बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई चिसोबाट बचाउन वाणिज्य सङ्घले २१ थान र नेपाल–भारत मैत्री सङ्घले २० थान कम्बल वितरण गरेका सङ्घका उपाध्यक्ष गिरिजा अटलले बताए ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?