Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

एमाले पूर्वकेन्द्रीय सदस्य उज्ज्वल माओवादीमा प्रवेश


काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरे । खड्का पूर्वराष्ट्रिय सभा सदस्यसमेत हुन् । खड्का एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँगै नेकपाकालपछि एमालेमा बसेका हुन् ।

उनी माओवादीको युद्धकालीन समयदेखि नै विशेष जिम्मेवारी लिएका नेता हुन् । पछिल्लो समय एमालेले उपयुक्त जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । रायमाझी नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेपछि खड्का एमालेको कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटनपछि माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा उनी पनि उपस्थित छन् । ‘प्रचण्ड’ प्रशिक्षण कार्यक्रमलाई करिब ४० मिनेट सम्बोधन गरेर काठमाडौं फर्किएका छन् ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?