Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

लिम्बू जातिले मनाए नयाँ वर्ष


म्याङलुङ,तेह्रथुम। माघ १ गते लिम्बू जातिले मान्दै आएको कुुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ ।

येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए । लिम्बू भाषामा तङ्नामको अर्थ पर्व कक्फेक्वाको अर्थ चापको फूल र यो समय चाप फुल्ने भएकाले यो पर्वलाई कक्फेक्वा तङ्नामका रुपमा परापूर्वकालेखि नै लिम्बू समुदायले मनाउँदै आएको म्याङलुङ–१ का बलदेव तुम्बाहाङ्फेले बताएका छन्।

त्यस्तै, साहित्यकार देवेन्द्र खापुङ सुर्केलीका अनुसार लिम्बू जातिले कृषि युगमा प्रवेश गरेपछि वर्षभरलाई चार ऋतुमा विभाजन गरेका थिए । पात्रोको निर्माण हुनुअघिको समयलाई मौसम परिवर्तनअनुसारको ऋतुमा विभाजन गरिएको हो । अन्नपात सकिएर तरुल, भ्याकुर, कन्दमूलसमेत खाएर जीवनयापन गर्नुपर्छ भनेर पुस, माघ र फागुनको समयमा कक्फेक्वा ऋतु बनेको हो । त्यसपछिको ऋतु यक्वा अर्थात् खडेरी पर्ने भएकाले पानी माग्ने गरिन्छ । बीउबिजन लगाएर फल्न फुल्न थालेपछिको ऋतु सिसेक्वा र बालीनाली पाकेपछि थन्क्याउने समय चासोक हो ।

कक्फेक्वा तङ्नामकै समयमा लिम्बू जातिले भने याक्खा जातिले यले दोङ, वान्तबा राईहरुले येले दोङ, सुनुवारले येले थोचे भन्दछन् । जुन अहिले ५०८४ पुगेको छ ।

हिजै घर तरुल खनेर, वनतरुल खोजेर तयार पारेको आज बिहान काँचो तरुलको टीका लगाएर उसिनेको वनतरुल, घरतरुल, सेलरोटी खाँदै गाउँघरमा कक्फेक्वा तङ्नाम अर्थात् माघेसङ्क्रान्ति मनाउने तयारी गरिरहेको म्याङलुङ–९ का लक्ष्मी लिम्बूले बताइन् ।

त्यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मा मगर समुदायको सांस्कृतिक पर्व ‘माघ्या सकराँटी’ पर्व जिल्लाभरका मगर समुदाय भेला भएर मनाइरहेको नेपाल मगर सङ्घ माघ्या सकराँटी पर्व सारल्हेस व्यवस्थापन उपभोक्ता समिति तेह्रथुमका अध्यक्ष मीनबहादुर मगरले बताए ।

त्यसैगरी, जिल्लाका विभिन्न स्थानमा माघे सङ्क्रान्तिका अवसरमा मेला, खेलकुद, सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?