Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

तुर्माखाँदका अध्यक्ष बिसीले जेहेनदार विद्यार्थीलाई दिए आफ्नो पारिश्रमिक


काठमाडौं। अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहेनदार विद्यार्थीलाई दिएका छन् ।

अध्यक्ष बिसीले विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका थाल्पाटाको बसुन्धरा माविका कक्षा १ का रमेशबहादुर विक र रेमुकाकुमारी बुढालाई आफ्नो एक महिनाको पारिश्रमिकबाट १५/१५ हजार नगद दिएका हुन् । उनीहरू दुवैजना ४ जिपिए नतिजासहित विद्यालयमा उत्कृष्ट बनेका विद्यार्थी हुन्।

त्यस्तै। अध्यक्ष बिसीले रमेश र रेमुकाका अभिभावकलाई सम्मानपत्रसमेत दिएका छन् । तुर्माखाँद गाउँपालिका वडा नम्बर-३ भैरवस्थानको थाल्पाटामा रहेको बसुन्धरा माविको ४८औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष बिसीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको मनोबल बढाउन रमेश र रेमुकालाई आफ्नो पारिश्रमिकबापतको रकम दिएको बताएका छन् ।

आगामी दिनमा विपन्न र अनाथ बालबालिकालाई पनि आर्थिक सहयोग गरी उनीहरूलाई पढाइका लागि खर्च व्यवस्थापन गरिदिने प्रतिबद्धता बिसीले जनाएका छन् । उनले यसै शैक्षिक शत्रभित्र गाउँपालिकाको निकै दुर्गममा रहेको वडा नम्बर १ रहफको बिन्द्रासैनी माविका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पारिश्रमिक रकम दिने घोषणा गरेका छन्।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?