Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

तुर्माखाँदका अध्यक्ष बिसीले जेहेनदार विद्यार्थीलाई दिए आफ्नो पारिश्रमिक


काठमाडौं। अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहेनदार विद्यार्थीलाई दिएका छन् ।

अध्यक्ष बिसीले विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका थाल्पाटाको बसुन्धरा माविका कक्षा १ का रमेशबहादुर विक र रेमुकाकुमारी बुढालाई आफ्नो एक महिनाको पारिश्रमिकबाट १५/१५ हजार नगद दिएका हुन् । उनीहरू दुवैजना ४ जिपिए नतिजासहित विद्यालयमा उत्कृष्ट बनेका विद्यार्थी हुन्।

त्यस्तै। अध्यक्ष बिसीले रमेश र रेमुकाका अभिभावकलाई सम्मानपत्रसमेत दिएका छन् । तुर्माखाँद गाउँपालिका वडा नम्बर-३ भैरवस्थानको थाल्पाटामा रहेको बसुन्धरा माविको ४८औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष बिसीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको मनोबल बढाउन रमेश र रेमुकालाई आफ्नो पारिश्रमिकबापतको रकम दिएको बताएका छन् ।

आगामी दिनमा विपन्न र अनाथ बालबालिकालाई पनि आर्थिक सहयोग गरी उनीहरूलाई पढाइका लागि खर्च व्यवस्थापन गरिदिने प्रतिबद्धता बिसीले जनाएका छन् । उनले यसै शैक्षिक शत्रभित्र गाउँपालिकाको निकै दुर्गममा रहेको वडा नम्बर १ रहफको बिन्द्रासैनी माविका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पारिश्रमिक रकम दिने घोषणा गरेका छन्।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?