काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ । उक्त छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला,
नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । उक्त होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरुप होटललाई रु पाँच हजार जरिवाना
विराटनगर। २० वर्षअघि संखुवासभामा भएको दुई जनाको सामूहिक हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । त्यस्तै, संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या प्रकरणका फरार अभियुक्त चैनपुर नगरपालिका- की ३५ वर्षीया कैली तामाङलाई प्रहरीले पक्राउ गरेको हो । केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार
काठमाडौं। नेपाली कांग्रेसले योगप्रसाद उपाध्याय र नूतन थपलियालाई सम्मान गरेको छ । कांग्रेसमा आस्था राखेर प्रजातन्त्रको पक्षमा निरन्तर लागेका पुराना नेताद्धयलाई पार्टीले शुक्रबार सम्मान गरेको हो । उक्त पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा उपाध्याय र थपलियालाई पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताले सम्मान गरेका हुन् । त्यस्तै,
खजुरा,बाँके। बाँकेमा रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालनमा ल्याएको हो । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धनसिंह सम्झनालाई बसको साँचो हस्तान्तरण गर्दै आज सेवाको शुभारम्भ गरेका छन् । गैरआवासीय
महोत्तरी। चुरे पर्वत श्रेणीका शृङ्खला वरपर पर्यटकीय गन्तव्य पहिल्याउन सम्भाव्यताको खोजी हुने भएको छ । महोत्तरी जिल्लाको चुरे पर्वत श्रेणीका धार्मिक, ऐतिहासिक र वन्य पशुपक्षी बासस्थानका पर्यटकीय सम्भावनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो बढाएको हो । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा पर्ने चुरे पर्वत श्रेणीमा पर्यटकीय सम्भावनाबारे बर्दिबास उद्योग वाणिज्य
काठमाडौं। संघीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ। बाँकेको नरैनापुर-५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो। त्यस्तै, नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रतिबोरा ५० किलो) सङ्घीय सरकारबाट
काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो भने उक्त जितसँगै पुलिसले ६ खेलमा १२
काठमाडौं। संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले ७ बुँदे माग राख्दै काठमाडौं महानगरपालिकाविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । त्यस्तेै, अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । उक्त सम्झौता कार्यान्वयन गर्न कार्यदल गठन गर्ने तर
काठमाडौं। सांसदहरुले राज्यका महत्त्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले राज्यको ऐतिहासिक दस्ताबेज तथा अभिलेखहरुलाई नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्ने धारणा राखेका हुन् । सांसदहरुले यस्तो काम गर्नेलाई कडाभन्दा