Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रधानमन्त्री कप क्रिकेटः पुलिस विजयी


काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो भने उक्त जितसँगै पुलिसले ६ खेलमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । यता सात खेल खेलको कर्णाली प्रदेश तीन खेलमा जित तथा चौथो खेलमा हार बेहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ ।

त्यस्तै, कर्णालीले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य पुलिसले २३ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसका लागि दिलीप नाथले सर्वाधिक ७५ रनको योगदान दिएका छन् । उनले ६२ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ७५ रन बनाएका हुन् । त्यसैगरी, कुशल भुर्तेलले ४३ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने कर्णालीका लागि प्रकाश जैसीले दुई विकेट लिए भने दिवान पुन र दीपेन्द्र रावतले समान एकरएक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनाएको थियो भने कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले एक सय सात बलमा ६ चौकाको मद्दतले ५० रन बनाएका हुन् । यसैगरी कप्तान रवीन्द्र शाहीले ४०, अर्जुन घर्तीले २३ तथा दिवान पुनले २० रन बनाएका थिए ।

त्यस्तै, पुलिसका लागि सागर ढकालले तीन विकेट लिँदा ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललितनाराण राजवंशी र कुशल भुर्तेलले समान एकरएक विकेट लिएका थिए ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?