Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

योगराज उपाध्याय र नुतन थपलियालाई कांग्रेसको सम्मान


काठमाडौं। नेपाली कांग्रेसले योगप्रसाद उपाध्याय र नूतन थपलियालाई सम्मान गरेको छ । कांग्रेसमा आस्था राखेर प्रजातन्त्रको पक्षमा निरन्तर लागेका पुराना नेताद्धयलाई पार्टीले शुक्रबार सम्मान गरेको हो ।

उक्त पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा उपाध्याय र थपलियालाई पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताले सम्मान गरेका हुन् । त्यस्तै, २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए । नेपाल विद्यार्थी संघ हुनु अघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्याय अगुवाई गरेका थिए चजे बीपी कोइरालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासनमा विताएका थिए ।

त्यस्तै, २००७ सालमा बीपी विराटनगरमा पक्राउ परेको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दा उनलाई तत्कालीन सरकारले पक्राउ गरेको थियो । स्वतन्त्रताका लागि उनले भोक हड्ताल र सत्याग्रह आन्दोलन अपनाएका थिए । भारत स्वतन्त्रताको खुसीयालीमा सहभागी हुँदा छ महिना जेल परेका थिए । राजनीतिक कार्यक्रममा लागेको आरोपमा २०२५ सालमा उनलाई शिक्षण पेशा गुमाउनु परेको थियो ।

त्यसैगरी, राजा र दलविचमा समन्वय गरेर जानुपर्ने मत राख्ने उपाध्याय २०४६ सालको आन्दोलन पछि बनेको अन्तरिम सरकारमा गृहमन्त्री बेनका थिए । उनी कांग्रेसको सह महामन्त्री र पार्टी प्रवक्ता समेत बने । कांग्रेसले शुक्रबार सम्मान गरेका अर्का व्यक्ति थपलियाले नागरिक स्वतन्त्रताका लागि २००३ साल देखि सक्रिय भएर लागेका थिए भने सहिद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता हुन् ।

थपलियाले मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको स्थापनामा योगदान गरेका थिए भने ९४ वर्षका पुगेका उनलाई केन्द्रीय कार्यालयमा कांग्रेसले सम्मान गरेको छ ।

 


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?