Trending
>>   आज मिति २०८२ साल भदौ ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

योगराज उपाध्याय र नुतन थपलियालाई कांग्रेसको सम्मान


काठमाडौं। नेपाली कांग्रेसले योगप्रसाद उपाध्याय र नूतन थपलियालाई सम्मान गरेको छ । कांग्रेसमा आस्था राखेर प्रजातन्त्रको पक्षमा निरन्तर लागेका पुराना नेताद्धयलाई पार्टीले शुक्रबार सम्मान गरेको हो ।

उक्त पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा उपाध्याय र थपलियालाई पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताले सम्मान गरेका हुन् । त्यस्तै, २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए । नेपाल विद्यार्थी संघ हुनु अघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्याय अगुवाई गरेका थिए चजे बीपी कोइरालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासनमा विताएका थिए ।

त्यस्तै, २००७ सालमा बीपी विराटनगरमा पक्राउ परेको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दा उनलाई तत्कालीन सरकारले पक्राउ गरेको थियो । स्वतन्त्रताका लागि उनले भोक हड्ताल र सत्याग्रह आन्दोलन अपनाएका थिए । भारत स्वतन्त्रताको खुसीयालीमा सहभागी हुँदा छ महिना जेल परेका थिए । राजनीतिक कार्यक्रममा लागेको आरोपमा २०२५ सालमा उनलाई शिक्षण पेशा गुमाउनु परेको थियो ।

त्यसैगरी, राजा र दलविचमा समन्वय गरेर जानुपर्ने मत राख्ने उपाध्याय २०४६ सालको आन्दोलन पछि बनेको अन्तरिम सरकारमा गृहमन्त्री बेनका थिए । उनी कांग्रेसको सह महामन्त्री र पार्टी प्रवक्ता समेत बने । कांग्रेसले शुक्रबार सम्मान गरेका अर्का व्यक्ति थपलियाले नागरिक स्वतन्त्रताका लागि २००३ साल देखि सक्रिय भएर लागेका थिए भने सहिद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता हुन् ।

थपलियाले मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको स्थापनामा योगदान गरेका थिए भने ९४ वर्षका पुगेका उनलाई केन्द्रीय कार्यालयमा कांग्रेसले सम्मान गरेको छ ।

 


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?