Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन


खजुरा,बाँके। बाँकेमा रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालनमा ल्याएको हो ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धनसिंह सम्झनालाई बसको साँचो हस्तान्तरण गर्दै आज सेवाको शुभारम्भ गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रक्त सङ्कलन बस सेवा सुरु गरेको हो ।

उक्त बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख कमरुद्दिन राई र डा। केसीले संयुक्तरुपमा शुभारम्भ गरे । अत्याधुनिक सुविधासहितको वातावरण अनुकुलित बस सेवामा प्राविधिक समूह, रगत सङ्कलन कक्ष, भण्डारण फ्रिज, आराम कक्षको व्यवस्था गरिएको छ ।

त्यस्तै, ग्रामीण इलाकामा पुगेर रगत सङ्कलन गर्न सहज बनाउने उद्देश्यले अहिले लुम्बिनीसहित पाँच प्रदेशमा रक्त सङ्कलन घुम्ती बस हस्तान्तरण गरिसकिएको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले जानकारी दिए । उनका अनुसार अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने छ ।

नेपालगञ्ज उपमहानगरका कार्यवाहक प्रमुख राईले सरकार पुग्न नसकेका ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त सङ्कलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गरेका छन् । उनले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत सङ्कलन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

एनआरएनएका अध्यक्ष डा. केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग आग्रह समेत गरे ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना, रक्तदाता संस्थाका तर्फबाट जनमत अर्धसाप्ताहिकका पूर्णलाल चुके, रेडक्रस बाँकेकी उपसभापति शान्ति श्रेष्ठले आ–आफ्नो भनाइ राखेका थिए।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?